राष्ट्रियसभामा चार सिट नपाए शेखर-गगन समूहले उमेदवारी नै नदिने

राष्ट्रियसभामा चार सिट नपाए शेखर-गगन समूहले उमेदवारी नै नदिने

काठमाडौं : नेपाली कांग्रेसको शेखर-गगन समूहले राष्ट्रियसभामा पार्टीबाट चार सिट नपाए उमेदवारी नदिने निर्णय गरेको छ।

समूहका नेता कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा आज भएको अनौपचारिक छलफलले गठबन्धनबाट पार्टीले १० सिट लिएपछि आफूहरूले चार सिट पाउनैपर्ने निष्कर्ष निकालेको हो।

सोही अडान केन्द्रीय कार्यसम्पादन समिति बैठकमा राख्ने निर्णय भएको छलफलमा सहभागी नेता बलबहादुर केसीले जानकारी दिए।

‘१० सिट नदिए पार्टी मिलाउन सक्दिनँ भनेर गठबन्धनमा सहमति गर्ने र सिट लिने। अनि हामीले मागेको चार सिट दिन्न भन्न मिल्दैन,’ उनले भने, ‘सोही कुरा कार्यसम्पादन बैठकमा राख्छौँ । चार सिट नपाए हामी उम्मेदवारी दिने प्रक्रिया अघि बाउदैनौँ।’

तथापि सभापति शेरबहादुर देउवाले भने संस्थापन इतर पक्षलाई दुई वा तीन सिट मात्र दिने पक्षमा छन्।

पुष २२, २०८० आइतबार १६:२६:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।