कोशी प्रदेशको मुख्य न्यायाधिवक्ता बने​​​​​​​ रूपेश कोइराला

कोशी प्रदेशको मुख्य न्यायाधिवक्ता बने​​​​​​​ रूपेश कोइराला

 

काठमाडौं : कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रूपेश कोइराला नियुक्त भएका छन्।

आज मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले कोइरालालाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन्।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठका अनुसार उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले कोइरालालाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन्।

मोरङको विराटनगर महानगरपालिका–९ का अधिवक्ता कोइराला प्रजातान्त्रिक कानुन व्यवसायी संघ मोरङका पूर्वसभापति तथा हालका सल्लाहकारसमेत रहेका छन्। प्रदेशमा छैटौँ मुख्य न्यायाधिवक्ताका रुपमा कोइराला नियुक्त भएका हुन्।

अघिल्लो प्रदेश सरकारमा वरिष्ठ अधिवक्ता चूडामणि आचार्य, अधिवक्ता भोजराज श्रेष्ठ, परिवर्तन राई, मुख्य न्यायाधिवक्ता भइसकेका छन्। प्रदेश सरकारको दोस्रो सँस्करणमा अधिवक्ता बुद्धिबहादुर कटुवाल र गजेन्द्र आचार्यले पदको जिम्मेवारी वहन गरिसकेका छन्।

पुष २२, २०८० आइतबार १६:०१:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।