राष्ट्रियसभामा माओवादीले कर्णालीबाट विष्णु विश्वकर्मालाई उमेदवार बनाउने

काठमाडौं : माओवादी केन्द्रले राष्ट्रिय सभामा कर्णालीबाट विष्णु विश्वकर्मालाई उम्मेदवार बनाउने भएको छ।
कर्णालीका तीन रिक्त स्थानमध्ये माओवादीको भागमा दलित कोटा परेको छ।
बालुवाटारमा जारी माओवादी पदाधिकारी बैठकमा कर्णालीबाट कालिकोटका विश्वकर्मालाई उम्मेदवार उठाउने निर्णय भएको उपमहासचिव जनार्दन शर्माले जानकारी दिए।
१९ रिक्त स्थानका लागि हुने राष्ट्रिय सभा निर्वाचनका लागि माओवादीको भागमा ६ सिट परेको छ। सहमतिअनुसार माओवादीले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोशीबाट एक एक सिट लिने टुंगो लागिसकेको छ।
माओवादीले अब एक एक सिट गण्डकी र बागमतीबाट लिनेछ।
पुष २२, २०८० आइतबार १५:३६:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।