भित्री बस्त्रमा १ केजी सुन लुकाएर ल्याउने श्रीलंकाकी एक महिला पक्राउ

भित्री बस्त्रमा १ केजी सुन लुकाएर ल्याउने श्रीलंकाकी एक महिला पक्राउ

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ केजी सुनसहित एक जना महिला सुनसहित पक्राउ परेकी छन्।

हिजो मध्यराति १२:०५ बजे फ्लाई दुबईमार्फत काठमाडौं आएकी श्रीलंकन महिला १ हजार ३ सय ग्राम सुनसहित पक्राउ परेकी हुन्।

त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी दीप समशेर जबराका अनुसार पक्राउ पर्नेमा अन्दाजी ४५ वर्षीय महिला कान्थीम्याथी कभास्कर छन्। उनले भित्री वस्त्रमा सुन लुकाएर ल्याएको विमानस्थल प्रहरीले जानकारी दिएको छ। उनलाई सुराकीको आधारमा प्रहरीले पक्राउ गरेको हो।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

पुष २२, २०८० आइतबार १३:१६:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।