राष्ट्रियसभा सदस्यको भागबण्डामा सत्ता गठबन्धनको सहमति, ४ ठूला दलले सिट पाउँदा साना दललाई भागै पुगेन

राष्ट्रियसभा सदस्यको भागबण्डामा सत्ता गठबन्धनको सहमति, ४ ठूला दलले सिट पाउँदा साना दललाई भागै पुगेन

 

 

काठमाडौं : सत्तारुढ चार दलले राष्ट्रियसभा निर्वाचनको सिट बाँडफाँट टुंगो लगाएका छन्।

आज बिहान बसेको चार दलको बैठकले सिट बाँटफाँट टुंगो लगाएको हो।

सहमति अनुसार कांग्रेसले १० सिट पाउने छ। त्यस्तै, माओवादी केन्द्रले ६ सिट पाउने छ। एकीकृत समाजवादीले दुई सिट पाउने सहमति भएको छ भने जनता समाजवादीलाई एक सिट छुट्याइएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

क्लष्टरको विषय भने टुंगिन बाँकी छ। केही घण्टाभित्रै त्यो टुंगो लाग्ने लेखकले बताए।

गठबन्धनका अन्य तीन दललाई भने भाग छुट्याइएकाे छैन। सत्ता गठबन्धनमा जनमत, नागरिक उन्मुक्ति र जनमोर्चा छन्। उनीहरूले एक-एक सिट दाबी गरेका छन्।

पुष २२, २०८० आइतबार १२:३९:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।