आज सुनचाँदीको मूल्य स्थिर

आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं : नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा एक लाख १९ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो कारोबार दिन पनि सोही मूल्यमा कारोबार भएको थियो। तेजाबी सुन प्रति तोला एक लाख १८ हजार ९५० रूपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, चाँदी प्रति तोला एक हजार ४२० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

पुष २२, २०८० आइतबार १२:०४:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।