नेपाल टेलिकम र एनआईटीभीबीच सम्झौता, टेलिकमका अनलाइन माध्यमलाई गुणस्तरीय बनाउने उदेश्य

नेपाल टेलिकम र एनआईटीभीबीच सम्झौता, टेलिकमका अनलाइन माध्यमलाई गुणस्तरीय बनाउने उदेश्य

काठमाडौं : नेपाल टेलिकमको बजार व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन नेपाल टेलिकम र एनआईटीभी नेपाल लिमिटेड बीच एक सम्झौता भएको छ।


नेपाल टेलिकमका सेवालाई सेवाग्राही समक्ष प्रभावकारी रुपमा पुर्याउन आवश्यक डिजिटल मार्केटिङ कार्यमा सघाउ पुग्ने भन्दै एनआईटीभी नेपालसँग सम्झौता गरिएको टेलिकमका प्रवक्ता शोभन अधिकारी बताए।

यसबाट दुवै पक्षबीच कम्पनीसँग सम्बन्धित सामाजिक सञ्जाल र अन्य अनलाइन माध्यमको प्रयोग गरी सेवाग्राही समक्ष अन्तरक्रिया गर्ने र गुणस्तरीय सेवा उपलब्ध गराउने कार्यमा सहकार्य हुनेछ।

सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र एनआईटीभी नेपालको तर्फबाट कार्यकारी निर्देशक राजेन्द्र प्रसाद पौडेलले हस्ताक्षर गरेका छन्।

पुष २२, २०८० आइतबार ११:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।