सामसुङ ए सिरिजले ल्यायो ग्यालेक्सी ए०५ र ग्यालेक्सी ए०५एस, यस्ता छन् विशेषता र मूल्य
काठमाडौं : सामसुङको ग्यालेक्सी ए सिरिजले डिसेम्बर महिनामा ग्यालेक्सी ए०५ र ग्यालेक्सी ए०५एस थप्ने भएको छ।
सुलभ मूल्य र विशेषताका साथ दुई नयाँ मोडलहरूको उपलब्धता सँगसँगै सामसुङको इन्ट्री–लेभलका फोन समूहले प्रतीक्षित अपडेट प्राप्त गर्ने भएका हुन्।
ग्यालेक्सी ए०५ मा दुई प्रकारको मेमोरी ४÷६४ जिबि र ६÷१२८ जिबि रहनेछन् भने ग्यालेक्सी ए०५एस मा ४÷१२८ जिबि र ६÷१२८ जिबि मेमोरी रहनेछन्।
दुवै ग्यालेक्सी ए०५ र ग्यालेक्सी ए०५एस मा क्रमशः ६.७ इन्च र ६.७२ इन्चको स्क्रिनसहितको ५० एमपि प्राइमरी क्यामरा जडित छन्। दुवै नयाँ स्मार्टफोनहरूले अतिरिक्त स्टोरेज विकल्पसहितको माइक्रो एसडिका साथ १ टिबि बाह्य मेमोरीलाई समर्थन गर्ने सामसुङले जनाएको छ।
ग्यालेक्सी ए०५ मा भएको ५० एमपी क्यामरा रहनेछ भने ग्यालेक्सी ए०५एसको म्याक्रो लेन्स र अगाडि पट्टी १३ एमपि क्यामरा रहनेछ।
सामसुङका अनुसार दुवै नयाँ मोडलहरूमा ५००० एमएएच क्षमताको ब्याट्री रहेको छ।
सामसुङ ग्यालेक्सी ए०५ को बजार मुल्य ४÷६४ जिबिको लागि १४,९९९ रूपैयाँ पर्नेछ भने ६÷१२८ जिबिको लागि १८,९९९ रूपैयाँ रहेको छ। त्यस्तै, ग्यालेक्सी ए०५ एसको बजार मुल्य ४÷१२८ जिबिको लागि २१,९९९ रूपैयाँ रहेको छ भने ६÷१२८ जिबिको लागि २३,९९९ रूपैयाँ कायम गरिने छ।
पुष २२, २०८० आइतबार १०:२०:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।