राष्ट्रियसभा निर्वाचनका लागि आज अन्तिम मतदाता नामावली प्रकाशन गरिने

राष्ट्रियसभा निर्वाचनका लागि आज अन्तिम मतदाता नामावली प्रकाशन गरिने

काठमाडौंं : माघ ११ गते हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज अन्तिम मतदाता नामावली प्रकाशन गरिने भएको छ।

निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ।

पुस २० गतेदेखि प्रकाशित मतदाता नामावलीमाथि दाबी विरोधलगायत कार्यको समय सकिएको छ।

पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको मनोनयन दर्ता गरिनेछ।

पुस २७ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।

पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गरिनेछ। मतदान सकिएपछि सोही दिनै मतगणना गरिने छ।

पुष २२, २०८० आइतबार ०८:५६:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।