कांग्रेसको केन्द्रीय कार्यसम्पान समिति बैठक बस्दै, यी हुन् एजेन्डा

कांग्रेसको केन्द्रीय कार्यसम्पान समिति बैठक बस्दै, यी हुन् एजेन्डा
फाइल फोटो

काठमाडौं : सत्ता गठबन्धनको बैठक लम्बिएपछी हिजो बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ।

बैठक दिउँसो १ बजेका लागि बोलाइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा राष्ट्रियसभाको निर्वाचनमा पार्टीका तर्फबाट उमेदवार छनोटका विषयमा छलफल हुने बताइएको छ। त्यस्तै, आगामी महासमिति बैठक र समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ।

बैठकमा सहभागी हुन केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यलाई आग्रह गरिएको छ।

२२ पुस, २०८०, ०८:४६:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।