आलोचनापछि आफ्नो निर्णयबाट सरकार ‘ब्याक’, त्रिवि उपकुलपतिको दरखास्त आह्वान रद्द

आलोचनापछि आफ्नो निर्णयबाट सरकार ‘ब्याक’, त्रिवि उपकुलपतिको दरखास्त आह्वान रद्द

 

काठमाडौं : चौतर्फी आलोचना भएपछि सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको दरखास्त आह्वान रद्द गरेको छ।

आज गोरखापत्रमा सूचना जारी गर्दै गत २० गते सिफारिस समितिले माग गरेको दरखास्त रद्द गरिएको जनाएको हो।

गत शुक्रबार प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्याउन निर्देशन दिएका थिए।

प्रधानमन्त्रीले आफूले विश्वविद्यालयको सुधारका निम्ति संसार भरि रहेका नेपालीमध्ये बाट योग्य मान्छे आओस् भनेर खुला प्रतिस्पर्धा गराउन खोजेकोमा शुक्रबार प्रकाशित गरिएको सूचनाले योग्य मान्छेहरू छनोटमा ढोका बन्द हुन सक्ने भन्दै त्यस्तो त्रुटिपूर्ण प्रावधान सच्याएर अर्को सूचना निकाल्न निर्देशन दिए।

शुक्रबार छनोट तथा सिफारिस समितिको तर्फबाट प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) ब्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेस गर्नु भनेको सूचनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका थिए।

त्यस्तो प्रावधानले पूर्व पदाधिकारीहरू मात्रै प्रतिस्पर्धाका निम्ति योग्य हुने र त्यसले मेरिटोक्रेसीमा सिन्डिकेट हुने थियो।

२२ पुस, २०८०, ०८:३०:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।