तराईमा हुस्सु, कोशी र गण्डकीका उच्च भू-भागमा हिमपातकाे सम्भावना

तराईमा हुस्सु, कोशी र गण्डकीका उच्च भू-भागमा हिमपातकाे सम्भावना
फाइल फोटो

काठमाडौं : अहिले कोशी र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहनेछ।

महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपात हुनुका साथै देशका तराई भू-भागका केही स्थानहरूमा बिहानीपख हुस्सु-कुहिरो लाग्ने तथा मध्यान्ह सम्ममा क्रमिक रुपमा सुधार हुँदै जान सक्ने छ।

२२ पुस, २०८०, ०७:४८:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।