एकीकृत समाजवादीको राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार यी तीन नेताले छान्ने

एकीकृत समाजवादीको राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार यी तीन नेताले छान्ने

काठमाडौं : राष्ट्रियसभा निर्वाचनको लागि उमेदवार छान्न एकीकृत समाजवादीले तीन नेतालाई जिम्मेवारी दिएको छ।

आज पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले राष्ट्रिय सभाको निर्वाचनका लागि पार्टीले कति सिट संख्या प्राप्त गर्ने, कुन प्रदेशमा प्राप्त गर्ने र कुन क्लस्टरमा प्राप्त गर्ने भन्ने सम्पूर्ण अधिकार पार्टी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई दिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

उनका अनुसार गठबन्धनमा छलफल गरी निर्णय गर्ने जिम्मा र सर्वाधिकार तीन नेतालाई हुने छ।

‘राष्ट्रिय सभाको निर्वाचनका लागि हामीले हाम्रो पार्टीले कति सिट संख्या प्राप्त गर्नेछ, कुन प्रदेशमा प्राप्त गर्नेछ र कुन क्लस्टरमा प्राप्त गर्नेछ भन्ने सम्पूर्ण कुराको निर्णय गर्ने सर्वाधिकार सहित पार्टी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई अधिकार दिइ सचिवालयले उहाँहरूलाई गठबन्धनको बैठकमा पठाएको छ,’ उनले भने।

बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेले सत्ता गठबन्धनसँग मागेर सिट प्राप्त गर्न खोज्नु नहुने र प्रतिपक्षकै हिसाबमा बस्नुपर्ने निष्कर्ष निकालेको पनि प्रवक्ता खतिवडाले जानकारी दिए।

पुष २१, २०८० शनिबार १७:४५:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।