राष्ट्रियसभा निर्वाचनमा एमालेसँग कुरा मिलेन, सत्ता गठबन्धन भित्रकै दलहरूबीच सिट बाँडफाँड गर्ने निर्णय : प्रमुख सचेतक लेखक

राष्ट्रियसभा निर्वाचनमा एमालेसँग कुरा मिलेन, सत्ता गठबन्धन भित्रकै दलहरूबीच सिट बाँडफाँड गर्ने निर्णय : प्रमुख सचेतक लेखक

काठमाडौं : राष्ट्रियसभाको निर्वाचनमा सत्ता गठबन्धनका दलहरू बीचमा मात्र सिट बाँडफाँट हुने भएको छ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रमुख प्रतिपक्ष दल एमालेसँग कुरा नमिलेकाले सत्ता गठबन्धनबीचमै राष्ट्रिय सभाका निर्वाचन हुने सिट बाँडफाँट गर्ने निर्णय गरिएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

बैठकका निर्णय सुनाउँदै सचेतक लेखकले सरकारमा सहभागी ४ दलका नेताहरूको बीचमा छलफल भएको र छलफलले गठबन्धन भित्रकै दलहरूबीचमा सिट बाँडफाँट गर्ने निर्णय गरेको बताए।

सरकारमा सहभागी दलहरूको गठबन्धनले राष्ट्रिय सभाको चुनाव लड्ने बताए।

उनले भने, ‘सत्ता गठबन्धनमा पनि आफ्नो आफ्नो हिसाबले दाबी गर्नुभएको छ, पार्टीहरूले। साँझसम्ममा टुंगोमा पुग्छौँ।’

दिउँसो ४ बजे नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच छलफल हुनेछ।

५ बजे सरकारमा सहभागी र सरकारलाई समर्थन गरेका बाँकी दलहरूसँग पनि छलफल हुने उनले जानकारी दिए।

प्रमुख सचेतक लेखकले देशभरको मतको स्थितिलाई मध्यनजर गरेर सत्ता गठबन्धनका दलहरूबीच सिट बाँडफाँट हुने बताए।

पुष २१, २०८० शनिबार १३:५७:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।