सहमति नगरी डाँकेको बैठक कांग्रेसले सार्‍यो

सहमति नगरी डाँकेको बैठक कांग्रेसले सार्‍यो

काठमाडौँ : राष्ट्रिय सभाको उम्मेदवार चयनबारे छलफल गर्न नेपाली कांग्रेसले डाँकेको कार्यसम्पादन समितिको बैठक सरेको छ।

शनिवार कार्यसम्पादन समितिको बैठक राखिएको थियो। सत्ताधारी दलहरूबिच कुन दललाई कति सिट भन्ने सहमति भएको छैन। सत्ताधारीबिच छलफल जारी नै रहेकाले बैठक आइतबार सरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

राष्ट्रिय सभामा रिक्त २० मध्ये १९ सिटमा  माघ ११ मा  निर्वाचन हुँदैछ।

पुष २१, २०८० शनिबार १२:१४:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।