ललितपुरमा नयाँ प्रजिअ र प्रहरी प्रमुख

काठमाडौँ : इपिएस घटनामा छानबिनका लागि तान्दा रिक्त भएको ललितपुरको प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख पदमा तुलसीबहादुर श्रेष्ठ र शेखर खनाल पुगेका छन्।
गृह मन्त्रालयले शुक्रवार श्रेष्ठ र एसएसपी खनाललाई काजमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी परिसरको प्रमुखमा खटाएको हो।
श्रेष्ठ गृहको आन्तरिक व्यवस्थापन महाशाखाको प्रमुख थिए। खनाल प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए।
इपिएस भाषा परीक्षामा सहभागी गराउन आन्दोलित भएका युवाहरूको प्रदर्शनमा गोली चलाउँदा दुई जनाको ज्यान गएपछि छानबिनका लागि ललितपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहको जिम्मेवारी खोसिएको थियो।
पुष २०, २०८० शुक्रबार २३:५२:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।