टी-२० विश्वकपमा नेपाल समूह डीमा, दक्षिण अफ्रिका,बङ्गलादेश, श्रीलङ्का र नेदरल्याण्ड प्रतिस्पर्धी

टी-२० विश्वकपमा नेपाल समूह डीमा, दक्षिण अफ्रिका,बङ्गलादेश, श्रीलङ्का र नेदरल्याण्ड प्रतिस्पर्धी

काठमाडौँ : टी-२० विश्वकप प्रतियोगितामा नेपाल समूह डीमा परेको छ। सो समूहमा नेपालसहित दक्षिण अफ्रिका, बङ्गलादेश, श्रीलङ्का र नेदरल्याण्ड्स छन्।

शुक्रवार सार्वजनिक भएको खेल तालिका अनुसार टी-२० विश्वकप क्रिकेटमा नेपालले पहिलो खेल नेदरल्याण्ड्सविरुद्ध खेल्ने छ। पहिलो खेल जुन ४ मा अमेरिकाको डल्लासमा हुनेछ।

कात्तिकमा काठमाडौँमा भएको टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा नेपालले युएईलाई ८ विकेटले हराएर टी-२० विश्वकपमा पुगेको थियो।

दोस्रो खेल जुन ११ मा श्रीलङ्कासँग अमेरिकाको फ्लोरिडामा तथा तेस्रो खेल जुन १४ मा दक्षिण अफ्रिकासँग सेन्ट भिन्सेन्टमा हुनेछ। जुन १६ मा बङ्गलादेशसँग सेन्ट भिन्सेन्टमै खेल्ने हुनेछ।

भारत र पाकिस्तान समूह एमा परेमा छन्। सो समूहमा आयरल्यान्ड क्यानडा र अमेरिका छन्।

हरेक समूहका टोलीले ४–४ खेल खेल्ने छन्। समूहका शीर्ष दुई टिम सुपर एटमा पुग्नेछन्। आठ टोलीलाई दुई समूहमा विभाजन गरेर दुवै समूहको शीर्ष दुई -दुई टोली सेमिफाइनल खेल्ने छन्।

प्रतियोगिताको पहिलो खेल भने अमेरिका र क्यानडाबिच जुन १ मा डल्लासमा हुनेछ।

पुष २०, २०८० शुक्रबार २१:०६:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।