टुटलका संस्थापक भट्टमाथि लागेको आरोप के हो?

टुटलका संस्थापक भट्टमाथि लागेको आरोप के हो?

काठमाडौँ : नेपालको पहिलो राइड शेयरिङ प्लेटफर्म टुटलका संस्थापक शिक्षित भट्ट बिहीबार बेलुकाबाट प्रहरी हिरासतमा छन्। उनी विरुद्ध प्रतिलिपि अधिकारको हनन र आपराधिक विश्वासघातको आरोपमा जाहेरी परेपछि जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनलाई बिहीबार बेलुका नै पक्राउ गरेको थियो।

उनी पक्राउ परेको शुक्रवार सार्वजनिक भयो। कसुर सार्वजनिक भए पनि उनले के गरेर प्रतिलिपि अधिकार र आपराधिक विश्वासघात गरे भन्ने सार्वजनिक भएको थिएन।

काठमाडौँ परिसरका एक प्रहरी अधिकारीका अनुसार भट्टविरुद्ध टुलल नेपाल प्रालीका सञ्चालक शिवाङक जंग थापासहितले जाहेरी दिएका हुन्। प्रारम्भमा राइड शेयरिङमा टुटलको राम्रै प्रभाव थियो। जब नेपालमा पठाओ, इनड्राइभ भित्रियो अन टुटलले राइड सेयरिङको आफ्नो बजार गुमाउँदै गयो।

लगभग निष्क्रिय भइसकेको टुटलले पछिल्लो समय ज्यापले लिएर टुटल ज्यापको रूपमा चलाइरहेको छ। यही साझेदारीबाटै भट्ट र थापा लगायतका बिचमा विवाद सुरु भएको देखियो।

जाहेरीमा टोटल(total) एप र सफ्टवेयरका सेयर होल्डरहरूको अनुमति नै नलिई भट्टले प्रतिलिपि अधिकार हनन गरेको उल्लेख छ। जाहेरी अनुसार भट्टले आपराधिक विश्वासघात गर्दै आर्थिक लाभ लिएर टुटल बाइ ज्याप(tootle by zapp) ले टोटल(total) एप नै टुटलबाई ज्याप हो भनेर सञ्चार गरेर गैर कानुनी रूपमा सञ्चालन गरेको उल्लेख छ।

पुष २०, २०८० शुक्रबार १५:४५:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।