प्रतिलिपी हनन र विश्वासघातको आरोपमा राइड सेयरिङ्ग टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ

प्रतिलिपी हनन र विश्वासघातको आरोपमा राइड सेयरिङ्ग टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ

काठमाडौँ : राइड सेयरिङ संस्था ‘टुटल’का संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई बिहीबार राति पक्राउ गरेको हो। परिसरका प्रवक्ता कुमुद ढुंगेलले फौजदारी कसुरमा भट्ट पक्राउ परेको बताए।

भट्टविरुद्ध  प्रतिलिपि अधिकारको उल्लंघन र आपराधिक विश्वासघात गरेको आरोपमा जाहेरी परेपछि उनी पक्राउ परेका हुन्। 

‘उजुरी आएको आधारमा भट्टलाई पक्राउ गरेको हो। थप अनुसन्धानको लागि म्याद थप्न जिल्ला अदालत काठमाडौँ लगेका छौँ। बाँकी अनुसन्धानबाट नै खुल्ला’ उनले उकेरालाई भने।

टुटल नेपालमा राइड सेयरिङ भित्र्याउने पहिलो कम्पनी हो। पठाओ र इन्ड्राइभ लगायतका राइड सेयरिङ कम्पनी आएपछि भने टुटलको प्रभाव घटेको थियो।

पुष २०, २०८० शुक्रबार १३:४८:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।