भृकुटीमण्डपमा फर्निचरसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

भृकुटीमण्डपमा फर्निचरसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

काठमाडौँ : काठमाडौँको भृकुटीमण्डपमा शुक्रवारबाट फर्निचरसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु भएको छ। प्रदर्शनीमा फर्निचर, प्लाइवुड, ल्यामिनेट, हार्डवेयर, काष्ठ सम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरू राखिएको छ।

मिडिया स्पेस सोलुसन्स प्रालि र युचरेक्स ट्रेड फेयर एन्ड ईभेन्टस् प्रालिको संयुक्त आयोजनामा नेपाल उड इन्टरनेसनल एक्स्पो तथा नेपाल अन्तर्राष्ट्रिय फर्निचर एन्ड होम डिकोर अन्तर्राष्ट्रिय एक्स्पो नवौँ संस्करणको आयोजना सुरु भएको हो।

मेलामा स्वदेशी तथा विदेशी खातीप्राप्त ब्रान्डहरूका एक सय भन्दा बढी स्टल रहेको छ। फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, ल्यामिनेट, विभिन्न कम्पनीका डिलर, सब डिलर र बिक्रेताले काठ व्यवसायसँग सम्बन्धित उत्पादनको बारेमा प्रदर्शनीमा जानकारी लिन सकिने आयोजकले जानकारी दिएको छ। मेला २२ गतेसम्म रहने आयोजकले जनाएको छ।

पुष २०, २०८० शुक्रबार १३:३७:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।