एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं : एकीकृत समाजवादीको सचिवालय बैठक शुक्रबार बस्दैछ। 

बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय, आलोकनगरमा बस्ने पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। 

राष्ट्रिय सभाका उम्मेदवार र विधान संशोधनबारे बैठकमा छलफल हुने खतिवडाले बताए। 

कांग्रेस र माओवादीले राष्ट्रियसभामा एमालेलाई पनि समेटेर लाने प्रयास गरेपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि जनाएका छन्।

बैठकमा त्यसबारे पनि छलफल हुने बताइएको छ।

पुष २०, २०८० शुक्रबार १०:३६:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।