काठमाडौंमा आज वर्षकै चिसो

काठमाडौंमा आज वर्षकै चिसो

काठमाडौं : काठमाडौं उपत्यकामा वर्षकै बढी चिसो भएको छ।

जल तथा मौसम विज्ञान विभागकाे मौसम पूर्वानुमान महाशाखाले आफ्नाे वेबसाइटमा राखेको विवरणअनुसार उपत्यकामा वर्कै चिसो भएको हो।

महाशाखाले शुक्रबार विहान पौने ९ बजे काठमाडौंको तापक्रम ३.५ डिग्री मापन भएको जनाएको हो।

यसअघि काठमाडौंको न्यूनतम तापक्रम ४ डिग्री आसपास थियो। आज काठमाडौंको मौसम सामान्यतया हिजो जस्तै सफा रहनेछ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिदेखी भने तराईका भूभागमा पश्चिमी वायूको प्रभावले बादलको मात्रा बढ्नेछ।

पुष २०, २०८० शुक्रबार ०९:३४:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।