स्वदेश फर्कँदै भारतीय विदेशमन्त्री जयशंकर

स्वदेश फर्कँदै भारतीय विदेशमन्त्री जयशंकर

काठमाडौं : भारतीय विदेशमन्त्री एस.जयशंकर नेपालको दुईदिने भ्रमण सकेर आज स्वदेश फर्किँदै छन्।

उनी दिउँसो साढे १२ बजे स्वदेश फर्किने कार्यतालिका छ।

स्वदेश फर्किनुअघि उनले आज बिहान पशुपतिनाथको दर्शन गरेका छन्।

बिहान सोढ ९ बजे त्रिवि पुस्ताकालय पुग्ने र भूकम्पपछिको पुनर्निर्माण परियोजनाको उद्घाटन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपाल–भारत संयुक्त बैठकका लागि जयशंकर बिहीबार काठमाडौं आएका हुन्।

बैठकमा सहभागी हुनुका साथै उनले राष्ट्रपति र प्रधानमन्त्रीसहित दलका शीर्ष नेताहरूसँग भेटवार्ता गरेका थिए।

जयशंकरले बिहीबार साँझ नै नेपाल क्रिकेट संघका पदाधिकारीहरूसँग समेत भेट गरेका छन्।

पुष २०, २०८० शुक्रबार ०८:४७:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।