राष्ट्रियसभा उम्मेदवार तय गर्न एमाले सचिवालय बैठक बस्दै

राष्ट्रियसभा उम्मेदवार तय गर्न एमाले सचिवालय बैठक बस्दै

काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक शुक्रबार बस्दैछ।

ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा पौने १ बजे शुरु हुनेगरी बैठक बोलाइएको पार्टीको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

उनका अनुसार बैठकमा राष्ट्रियसभा निर्वाचन लगायत समसामयिक विषयमा छलफल गर्ने एजेण्डा तय भएको छ।

एमालेले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश कमिटीलाई बुधवारभित्र उम्मेदवार सिफारिस गरेर पठाउन निर्देशन दिएको थियो।

सिफारिस उम्मेदवारबारे शुक्रबारको बैठकमा छलफल गरेर टिकट दिने तयारी एमालेले गरेको छ।

पुष २०, २०८० शुक्रबार ०७:५७:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।