चार प्रदेशमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

चार प्रदेशमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

काठमाडौं : देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरै भागमा हुस्सु र कुहिरो लागेको छ। 

दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भेगमा आंशिक बदली रहनेछ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

पुष २०, २०८० शुक्रबार ०७:३४:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।