भारतले जाजरकोट भूकम्प पछिको पुनर्निर्माणका लागि १० अर्ब रूपैयाँ दिने

भारतले जाजरकोट भूकम्प पछिको पुनर्निर्माणका लागि १० अर्ब रूपैयाँ दिने

 

काठमाडौं : जाजरकोटमा गएको भूकम्प पछिको पुनर्निर्माणका लागि भारतले नेपाललाई १० अर्ब रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ।

नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले आज सम्पन्न नेपाल–भारत संयुक्त आयोगको बैठकमा उक्त घोषणा गरेका हुन्।

जाजरकोट भूकम्प पछिको पुनर्निर्माणमा उक्त रकम खर्च गर्न भारतले अनुदान सहयोगस्वरुप १० अर्ब रूपैयाँ नेपाललाई दिने घोषणा गरेको हो।

‘भूकम्प पछिको पुनर्निर्माणका लागि भारतले एक हजार करोड रूपैयाँ (१० अर्ब) नेपाललाई आर्थिक सहायता अनुदान स्वरूप उपलब्ध गर्ने सहमति भएको छ,’ परराष्ट्र मन्त्रालयको प्रवक्ता अमृत बहादुर राईले जानकारी दिए।

गत कात्तिकमा गएको जाजरकोट भूकम्पले विभिन्न जिल्लामा ६२ हजारभन्दा बढी घरमा क्षति गरेको थियो। भूकम्पका कारण घर भत्किँदा १५४ जनाको मृत्यु भएको थियो।

पुष १९, २०८० बिहीबार १७:४५:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।