सन्दीप लामिछानेको सजाय निर्धारणपछि मात्र क्यानले औपचारिक निर्णय गर्ने

सन्दीप लामिछानेको सजाय निर्धारणपछि मात्र क्यानले औपचारिक निर्णय गर्ने

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले पुस २५ गतेपछि मात्र सन्दीप लामिछानेबारे औपचारिक निर्णय गर्ने बताएको छ।

क्यान सचिव पारस खड्काले सन्दीपलाई हुने कैद सजायपछि मात्र उनी राष्ट्रिय टिममा रहने/नरहनेबारे औपचारिक धारणा सार्वजनिक हुने बताए।

‘हाम्रो लयरले सन्दीपको लयरसँग कुराकानी गर्दा क्यानले अहिले अफिसियल स्टेटमेन्ट निकाल्नुभन्दा पहिला उनीमाथि हुने कैद सजाय के कति हुन्छ भन्ने भएपछि मात्र म र अध्यक्षबीच कुरा हुँदा औपचारिक स्टेटमेन्ट दिने कुरा भएको छ’, पारसले भने।

जिल्ला अदालत, काठमाडौंले गौशाला २६ माथि बलात्कार भएको घटनामा क्रिकेटर सन्दीप लामिछानेलाई गत शुक्रबार दोषी ठहर गरेको थियो। न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई दोषी ठहर गर्दै सजाय सुनाउन २५ पुसमा पेसी तोकेका छन्।

पुष १९, २०८० बिहीबार १६:४८:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।