मध्यपश्चिम विश्वविद्यालयले गर्यो प्रश्नपत्र आउट गर्ने ६ जनालाई निलम्बन

मध्यपश्चिम विश्वविद्यालयले गर्यो प्रश्नपत्र आउट गर्ने ६ जनालाई निलम्बन

 

काठमाडौं : मध्यपश्चिम विश्वविद्यालयले प्रश्नपत्र आउट गरेको भन्दै परीक्षा व्यवस्थापन प्रमुखसहित ६ जनालाई निलम्बन गरेको छ।

पुस ३ गतेदेखि सञ्चालन हुने भनिएको परीक्षाको प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द गर्दै उनीहरूलाई निलम्बन गरिएको विश्वविद्यालयले जनाएको छ।

ग्य्राजुएट स्कुल अफ इन्जिनियरिङतर्फ स्नातक तह छैटौं सेमेस्टारको डिजाइन अफ स्ट्रक्चर विषयको प्रश्नपत्र बाहिरिएको थियो।

उपकुलपति डा. नन्दबहादुर सिंहले परीक्षा व्यवस्थापन प्रमुख नगेन्द्र साउदसहित ६ जनालाई निलम्बन गरिएको बताए।

उनले भने, ‘प्रश्नपत्र बाहिरिनुमा परीक्षा व्यवस्थापनको नै कमजोरी देखिएकाले प्रमुखसहित ६ जनालाई निलम्बन गरेका छौं। यस विषय छानबिन र अनुसन्धान भइरहेको छ।’

निलम्बनमा पर्ने परीक्षा व्यवस्थापन कार्यालयमा प्रमुख र सम्बन्धित इन्जिनियरिङ शाखामा काम गर्ने पाँच जना कर्मचारी रहेका छन्।

पुष १९, २०८० बिहीबार १५:२३:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।