एक महिनापछि प्रधानमन्त्री प्रचण्डले गरे गजुरेलको राजीनामा स्वीकृत

एक महिनापछि प्रधानमन्त्री प्रचण्डले गरे गजुरेलको राजीनामा स्वीकृत

काठमाडौं : मंसिर २० गतेदेखि लागु हुनेगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का मुख्य सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ।

गजुरेलले गत मंसिर २० गते नै प्रधानमन्त्रीको मुख्य सल्लाहकारका रूपमा आफूले प्रस्ताव गरेका कार्यक्रम र योजनाहरू अगाडि बढ्न नसकेको भन्दै राजीनामा बुझाएका थिए।

प्रधानमन्त्री प्रचण्डकाे कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै गजुरेलले राजीनामा दिएका हुन्। उनी मन्त्रीसरहको सेवा सुविधा तथा वरीयतामा रहने गरी राजनीतिक सल्लाहकारको भूमिकामा थिए।

प्रधानमन्त्रीको स्वकीय सचिवका रुपमा रहेकी पुत्री गंगा नै सर्वेसर्वा हुने र प्रधानमन्त्री त्यसकै घेराबाट बाहिर निस्किन नसकेको भन्दै राजीनामा बुझाएका थिए।

पुष १९, २०८० बिहीबार १४:११:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।