नेपाल आउन पाउँदा अत्यन्तै हर्षित छु : भारतीय विदेशमन्त्री जयशंकर

नेपाल आउन पाउँदा अत्यन्तै हर्षित छु : भारतीय विदेशमन्त्री जयशंकर

काठमाडौं : भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाल आउन पाउँदा खुसी भएको बताएका छन्।

आज नेपाल भ्रमणमा आएका विदेशमन्त्री एस जयशंकरले २०२४ को आफ्नो पहिलो भ्रमण नेपालमा गर्न पाउँदा खुसी लागेको बताएका हुन्।

उनले एक्समा लखेका छन्, ‘नमस्ते काठमाडौं, सन् २०२४ को मेरो पहिलो भ्रमणको रुपमा नेपाल आउन पाउँदा अत्यन्तै हर्षित छु। आगामी दुई दिनसम्म चल्ने विविध कार्यक्रमका लागि उत्साहित छु।’

आज नेपाल आएका विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरिसकेका छन् भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली लगायतसँग भेट गर्ने कार्यक्रम भने बाँकी नै छ।

परराष्ट्र मन्त्री एनपी साउदको निमन्त्रणमा नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन उनी आज नेपाल आइपुगेका हुन्। मन्त्री जयशंकर भोलि सम्म विभिन्न कार्यक्रममा सहभागी हुनेछन्।

पुष १९, २०८० बिहीबार १३:०४:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।