भारतबाट काठमाडौं आइरहेका कन्टेनर चालकको हृदयघातका कारण मृत्यु

भारतबाट काठमाडौं आइरहेका कन्टेनर चालकको हृदयघातका कारण मृत्यु
सांकेतिक तस्बिर

काठमाडौं : चितवनको भरतपुर एक कन्टेनर चालकको हृदयघातका कारण मृत्यु भएको छ।

भारतबाट काठमाडौं आउँदै गरेको एनएल ०१ एसी १२४६ नम्बरको कन्टेनरका चालक भारतको महाराष्ट्र बस्ने ५४ वर्षीय जाकिर उस्मान मिर्जाको मृत्यु भएको हो।

भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा कन्टेनर चलाउँदै गर्दा एक्कासी अप्ठ्यारो भएपछि उनलाई साथीले उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर ल्याएका थिए।

उपचारको क्रममा उनको साँझ छ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले मृतकको परिवारलाई घटनाबारे जानकारी गराएको छ।

डाक्टरले मेजर हर्टअट्याकका कारण मिर्जाको मृत्यु भएको बताएका थिए।

पुष १९, २०८० बिहीबार १२:२७:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।