टीआरसीमा बच्न गठबन्धनलाई एमालेको र भ्रष्टाचारका काण्डमा बच्न एमालेलाई गठबन्धनको साथ चाहियो : कोइराला

टीआरसीमा बच्न गठबन्धनलाई एमालेको र भ्रष्टाचारका काण्डमा बच्न एमालेलाई गठबन्धनको साथ चाहियो : कोइराला

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता गठबन्धन र एमालेको मिलेमतोलाई सौदाबाजी भएको बताएका छन्।

आज सामाजिक सञ्जाल एक्समार्फत उनले एमाले र सत्ता गठबन्धन दुवैप्रति आक्रोश पोखेका हुन्।

‘हिजो कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठबन्धन नै धरापमा पर्यो भनेर रोइलो गर्नेहरू नै आज राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग मिल्न थालेछन्।’ उनले लेखेका छन्, ‘कारण स्पष्ट छः सत्ता गठबन्धनका कुनै दललाई टीआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ। अनि एमाले?’

माओवादी केन्द्रले टीआरसी विधेयकमा सहमति गर्न एमालेको साथ खोजेको र एमालेलाई विभिन्न भ्रष्टाचारका काण्डबाट बच्न गठबन्धनको साथ चाहिएको उनको बुझाइ छ।

पुष १९, २०८० बिहीबार १२:२३:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।