१० वर्षीया बालिका बलात्कारको अभियोगमा ५५ वर्षीय पुरुष पक्राउ

१० वर्षीया बालिका बलात्कारको अभियोगमा ५५ वर्षीय पुरुष पक्राउ

मोरङ : १० वर्षीया बालिका बलात्कारको अभियोगमा ५५ वर्षीय पुरुष पक्राउ पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका-१० त्रिबेणी चोकका पदम मगर रहेका छन्। उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो।

पदमले ती बालिकालाई मंगलबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनापछि बालिकाको स्वास्थ्य परीक्षणा गरिएको छ। प्रहरीले घटनाको आवश्यक अनुसन्धान थालिसकेको छ।

पुष १९, २०८० बिहीबार १२:१५:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।