जापानमा भूकम्पका कारण मृत्यु हुनेको संख्या ७८ पुग्यो

जापानमा भूकम्पका कारण मृत्यु हुनेको संख्या ७८ पुग्यो

एजेन्सी : सोमबार ७.६ म्याग्निच्युडमा गएको भूकम्पका कारण जापानमा मृत्यु हुनेको संख्या ७८ पुगेको छ।

जापानको इशिकावा प्रिफेक्चरले जारी गरेको तथ्यांकअनुसार इशिकावा प्रान्तको नोटो क्षेत्रमा गएको भूकम्पका कारण प्रिफेक्चरमा ७८ जनाको मृत्यु भएको हो।

भूकम्प पीडितको उद्धार र राहत वितरण अहिले पनि जारी रहेको बताइएको छ।

जापानमा सन् २०११ मार्च ११ मा हालसम्मकै शक्तिशाली भूकम्प गएको थियो। ९ म्याग्निच्युडको उक्त भूकम्पपछि आएको शक्तिशाली आँधीका कारण १८ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो

पुष १९, २०८० बिहीबार ११:५२:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।