राष्ट्रियसभाको सिट भागबन्डा गर्न बसेको गठबन्धनको बैठक निष्कर्षबिहीन

राष्ट्रियसभाको सिट भागबन्डा गर्न बसेको गठबन्धनको बैठक निष्कर्षबिहीन

काठमाडौं : राष्ट्रियसभाको सिट बाडफाड गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षबिहीन टुंगिएको छ।

बालुवाटारमा गठबन्धन दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरूको बीचमा भएको छलफलले सिट बाडफाडबारे निष्कर्ष दिन नसकेको कांग्रेस प्रतिनिधिसभाका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

बैठकबाट निस्किँदै सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा गठबन्धनको बैठक आज साँझ फेरि बस्ने निर्णय भएको सचेतक लेखकले बताए।

‘सबै पार्टीहरूले आन्तरिक रूपमा पनि छलफल गर्नुपर्ने भएकाले गठबन्धनको अर्को बैठकको समय निश्चित भएन तर छलफललाई निरन्तरता दिने सल्लाह भएको छ’, उनले भने।

उनले गठबन्धन दलहरूले एमालेसँगको संवादलाई पनि जारी राखेको बताए।

राष्ट्रियसभाका २० सदस्यको कार्यकाल आगामी २० फागुनमा सकिँदै छ। जसमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनासहित ९ जना एमालेबाट निर्वाचित सदस्य छन् ।

पुष १९, २०८० बिहीबार ११:३९:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।