काठमाडौं आइपुगे भारतीय विदेशमन्त्री जयशंकर, केहीबेरमा राष्ट्रपतिलाई भेट्दै

काठमाडौं आइपुगे भारतीय विदेशमन्त्री जयशंकर, केहीबेरमा राष्ट्रपतिलाई भेट्दै

काठमाडौं : भारतीय विदेशमन्त्री डा. एस जयशंकरको दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन्।

भारतबाट विशेष विमानमार्फत आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्री एनपी साउद र परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेका छन्।

नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन विदेशमन्त्री जयशंकर नेपाल आएका हुन्।

जयशंकरले अहिले केहीबेरमा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्दैछन्।राष्ट्रपतिसँगको भेटवार्ता सकिएपछि उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न १२:०० बजे बालुवाटार जानेछन्।

१ बजे होटल याक एण्ड यतिमा परराष्ट्र मन्त्रीसँग भेटवार्ता हुनेछ भने सवा १ बजे त्यहीं आयोजित नेपाल भारत संयुक्त आयोगको सातौँ बैठकमा उनी सहभागी हुनेछन्।

दिउँसो १:४५ बजे माइन्युट-एमओयु र विभिन्न सम्झौतामा हस्ताक्षर हुनेछ।दिउँसो २ बजे उनी याक एण्ड यति होटलमै आयोजित दिवा भोजमा सहभागी हुनेछन्।

३:४० मा उनको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता हुनेछ भने साढे ४ बजे नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेटवार्ता हुनेछ।

साँझ सवा ६ बजे परराष्ट्रमन्त्रीले होटल सोल्टीमा आयोजना गरेको रात्रीभोजमा जयशंकर सहभागी हुनेछन्।

भोलि बिहान ८ बजे उनी पशुपतिनाथ पुग्नेछन् भने ९ बजे उनले त्रिवि पुस्ताकालय तथा भुकम्पपछिको पुनर्निर्माण परियोजनाको उद्घाटन गर्नेछन्।

उनी शुक्रबार नै भारत फर्किने कार्यतालिका छ।

पुष १९, २०८० बिहीबार १०:५६:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।