सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको धक्का

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौं : सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर बिहीबार बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्र बनाएर बिहान १० बजेर १७ मिनेटमा ४.६ म्याग्निच्यूडको भूकम्प गएको हो।

भूकम्प काठमाडौं भक्तपुर र ललितपुरलगायतका स्थानमा पनि महशुस गरिएको छ।

यसअघि गत आइतबार राति १०:२१ मिनेटमा पनि सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ म्याग्निच्यूडको भूकम्प  गएको थियो।

पुष १९, २०८० बिहीबार १०:४९:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।