कम्पनीको गाडी जलेको नौ दिनपछि बल्ल बोल्यो एमजी
काठमाडौं : एमजी कम्पनीको विद्युतीय सवारी जेडएसमा आगलागी भएको नौ दिनपछि नेपाली बिक्रेता पारामाउन्ट मोटर्स प्रालि बोलेको छ।
पुस ९ गते काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-३ देउवाचोकमा मा प्रदेश ०१-०२७ ख १५८१ नम्बरको एमजी जेडएस ईभीमा आगलागी भएको थियो।
यस विषयमा सबैभन्दा पहिला टेकपानाले समाचार प्रकाशित गरेको थियो।
गाडी जलेको विषयमा कम्पनीलाई जानकारी भएपछि आफ्ना प्राविधिक कर्मचारीहरूसमेत गएर घटनास्थलको अवलोक गरेको पारामाउन्टले जनाएको छ।
स्थानीय प्रहरी प्रभाग बुढानीलकण्ठबाट भएको सर्जिमिन मुचुल्का र प्रभागको पत्रअनुसार एक्कासी विद्युतको तार शर्ट भई आगो लागेको कम्पनीको भनाइ छ।
उक्त गाडी साँझ ६ बजेदेखि चार्जमा राखेको र राति सवा १ बजे आगलागी भई पूर्ण रूपमा जलेको थियो।
पुष १९, २०८० बिहीबार ०८:३३:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।