आजको मौसम : कोशी र गण्डकीमा हल्का हिमपातको सम्भावना

आजको मौसम : कोशी र गण्डकीमा हल्का हिमपातको सम्भावना

काठमाडौं : कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा अहिले आंशिक बदली छ।

देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा अहिले आंशिक बदली रहनेछ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

महाशाखाका अनुसार राति पनि कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

पुष १९, २०८० बिहीबार ०७:५५:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।