भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउँदै, राष्ट्रपतिदेखि ओलीसम्मलाई भेट्ने

भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउँदै, राष्ट्रपतिदेखि ओलीसम्मलाई भेट्ने

काठमाडौं : भारतीय विदेशमन्त्री डाक्टर  एस जयशंकरको दुई दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउँदैछन्।

नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन विदेशमन्त्री जयशंकर नेपाल आउन लागेका हुन्।

उनी विशेष विमानमार्फत जयशंकर बिहान १० बजे काठमाडौंमा अवतरण गर्ने तालिका छ। 

त्रिभुवन विमानस्थलमा नेपालकी परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गर्नेछिन्।  

जयशंकरले विहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने कार्यक्रम तय भएको छ।

राष्ट्रपतिसँगको भेटवार्ता सकिएपछि उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न १२:०० बजे बालुवाटार जानेछन्।

१ बजे होटल याक एण्ड यतिमा परराष्ट्र मन्त्रीसँग भेटवार्ता हुनेछ भने सवा १ बजे त्यहीं आयोजित नेपाल भारत संयुक्त आयोगको सातौँ बैठकमा उनी सहभागी हुनेछन्।

दिउँसो १:४५ बजे माइन्युट-एमओयु र विभिन्न सम्झौतामा हस्ताक्षर हुनेछ।दिउँसो २ बजे उनी याक एण्ड यति होटलमै आयोजित दिवा भोजमा सहभागी हुनेछन्।

३:४० मा उनको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता हुनेछ भने साढे ४ बजे नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेटवार्ता हुनेछ।

साँझ सवा ६ बजे परराष्ट्रमन्त्रीले होटल सोल्टीमा आयोजना गरेको रात्रीभोजमा जयशंकर सहभागी हुनेछन्।

भोलि बिहान ८ बजे उनी पशुपतिनाथ पुग्नेछन् भने ९ बजे उनले त्रिवि पुस्ताकालय तथा भुकम्पपछिको पुनर्निर्माण परियोजनाको उद्घाटन गर्नेछन्।

उनी शुक्रबार नै भारत फर्किने कार्यतालिका छ।

पुष १९, २०८० बिहीबार ०७:३२:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।