राष्ट्रिय सभा निर्वाचनमा मिलेर जान सत्ताधारीलाई प्रमुख प्रतिपक्षी एमालेको प्रस्ताव

राष्ट्रिय सभा निर्वाचनमा मिलेर जान सत्ताधारीलाई प्रमुख प्रतिपक्षी एमालेको प्रस्ताव

काठमाडौँ : सत्तारुढ गठबन्धनको बैठकमा राष्ट्रिय सभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दल एमालेलाई मिलाएर लैजानेबारे छलफल भएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत बालुवाटार पुगेर राष्ट्रिय सभामा मिलेर जानेबारे छलफल गरेका थिए। सत्ताधारी दल मात्र मिलेर निर्वाचनमा सहभागी भए एमाले १९ सिटमै पराजित हुने भएपछि ओलीसमेत मिलेर जान अग्रसर भएका हुन्।

१९ सिटमध्ये सरकारमा रहेका दलहरूको सिटमा उनीहरूकै उम्मेदवार उठ्ने र एमालेका संसदहरू भएको सिट बाँडफाँड गर्ने सहमति भइसकेको छ। तर एमालेको नौ सिटमध्ये कुन दललाई कति सिट दिनेबारे टुंगिसकेको छैन।

एमालेले मिलेर जान प्रस्ताव गरे पनि कसरी मिलेर जाने भन्ने प्रस्ट धारणा आइसकेको छैन। बैठक सकिएपछि पत्रकारहरूलाई जानकारी दिँदै एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले राष्ट्रिय सभा सदस्य निर्वाचनमा मिलेर जान एमाले अध्यक्ष ओलीले प्रस्ताव राखेको जानकारी दिएका थिए।

‘एमालेबाट राष्ट्रिय सभा निर्वाचनमा एमालेको मनसाय आफूहरूलाई माइनस नगरियोस् भन्ने छ’, उनले भने, ‘तर सिट बाँडफाँडमा कुनै सहमति भएको छैन। बिहीबार बिहान पुनः बैठक बस्छ।’ 

पुष १८, २०८० बुधबार २०:४६:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।