कोशीमा राप्रपालाई सभामुख दिने दलहरूबीच सहमति

कोशीमा राप्रपालाई सभामुख दिने दलहरूबीच सहमति
फाइल फोटो

काठमाडौं : पाँच महिनादेखि सभामुखबिहीन बनेको कोशी प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सभामुख दिने सहमति भएको छ। साथै, सभामुख चयनका लागि एक सातापछि प्रक्रिया थाल्न दलहरू सहमत भएका छन्।

६ सांसद रहेको राप्रपाले अम्बरबहादुर विष्टको नाम अघि सारेको छ।

पुस २४ गते बस्ने प्रदेशसभा बैठकबाट सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउन दलहरूले सहमति जनाएका हुन्।

आज सम्म सभामुख चयन प्रक्रिया सक्ने तयारी रहेको भए पनि एमालेले समय माग गरेपछि एक साता लम्बिएको माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए।

उनले भने, ‘हामीले आजसम्म सकौँ भन्ने चाहेका थियौँ, तर एमालेले समय मागेका कारण थप एकसाता लम्बियो।’

एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले एक सातापछि प्रक्रिया अघि बढाउन दलहरू सकारात्मक भएको बताए।

गत साउनमा बाबुराम गौतमले सभामुख पदबाट राजीनामा दिएसँगै रिक्त छ।

पुष १८, २०८० बुधबार १७:५२:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।