आफू उपस्थित हुने कार्यक्रमका लागि सार्वजनिक विदा नदिन प्रधानमन्त्रीको निर्देशन

आफू उपस्थित हुने कार्यक्रमका लागि सार्वजनिक विदा नदिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू सहभागी हुने कुनै पनि सार्वजनिक कार्यक्रमका लागि सार्वजनिक विदा नदिन तथा बालबालिकालाई सहभागी नगराउन निर्देशन दिएका छन्।

पुस १९ गते प्रधानमन्त्री सहभागी हुने कार्यक्रमका लागि रामेछापको सुनापति गाउँपालिकाले पालिकामा सार्वजनिक विदा दिएको समाचार प्रकाशित भएपछि प्रधानमन्त्रीले उक्त निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

प्रशासकीय भवन उद्घाटनका लागि प्रधानमन्त्री त्यहाँ जाने भएपछि गाउँपालिकाले पालिका अन्तर्गत रहेका सरकारी कार्यालय, सार्वजनिक संघ संस्था, शिक्षण संस्था, बैंक, वित्तीय संस्थाहरूमा स्थानीय सार्वजनिक विदा दिने निर्णय गरेको थियो।

प्रधानमन्त्रीको निर्देशनपछि सुनापति गाउँपालिकाले यसअघि दिएको विदा रद्द गरेको छ।

पुष १८, २०८० बुधबार १३:४२:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।