प्रधानमन्त्री कपको उपाधिका लागि एपीएफले कोशीलाई दियो ११५ रनको लक्ष्य

प्रधानमन्त्री कपको उपाधिका लागि एपीएफले कोशीलाई दियो ११५ रनको लक्ष्य

काठमाडौं : प्रधानमत्री कप महिला टी२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले कोशी प्रदेशलाई ११५ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको एपीएफले निर्धारित १२० ओभरमा सात विकेट गुमाएर ११४ रन बनायो।

उसका लागि इन्दु बर्माले ५३ रनको अर्धशतकीय पारी खेलिन्। उनले ४७ बलमा ६ चौका र एक छक्का हिर्काइन्।

त्यसबाहेक ज्योति पाण्डेले २७ र रोमा थापाले १४ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

कोशी प्रदेशका लागि अप्सरी बेगमले ह्याटिक गदै तीन विकेट लिँदा, अलिसा खडियाले दुई तथा रुबिना क्षेत्री र निशा शाहले समान एक–एक विकेट लिए।

कोशी प्रदेशले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ।

एपीएफले प्रतियोगिताभर अपराजित छ। एपीएफसँग पहिलो क्वालिफायरमा हारेको कोशीले दोस्रो क्वालिफायरमा साबिक विजेता सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले हराएर एपीएफसँगको फाइनल भिडन्त पक्का गरेको हो।

एपीएफको कप्तानी सीता राना मगरले सम्हाल्दा कोशीको कप्तानी रुबिना क्षेत्रीले सम्हाल्दै आएकी छन्।

धेरै खेल खेलाउनका लागि नेपाल क्रिकेट संघले महिला क्रिकेटमा पहिलो पटक राउन्ड रोविन लिगका आधारमा प्रतियोगिता सञ्चालन गरेको हो।

क्यानले यसअघि सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी शीर्ष दुई टोलीलाई सेमिफाइनल खेलाउने गरेको थियो।

पुष १८, २०८० बुधबार १२:२९:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।