१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
सांकेतिक तस्बिर

झापा : जिल्लामा १४ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

बलात्कार अभियोगमा प्रहरीले मेचिनगर नगरपालिका-९ मागुरमाणी बस्ने २८ वर्षीय भुपाल विकलाई मंगलबार दिउँसो पक्राउ गरेको छ।

विकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

पुष १८, २०८० बुधबार १२:१५:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।