मोटरसाइकलको ठक्करबाट पीटी गरिरहेका प्रहरी जवानको मृत्यु

मोटरसाइकलको ठक्करबाट पीटी गरिरहेका प्रहरी जवानको मृत्यु

काठमाडौं : पूर्व-पश्चिम राजमार्गको थानाभर्याङमा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ।

हेटौंडा उपमहानगरपालिका-११ मा दुर्घटना हुँदा अरु तीन जना घाइते भएका छन्।

हेटौंडा बजारबाट नवलपुरतर्फ जाँदै गरेको ना ४३ प २२२ नम्बरको मोटरसाइकको ठक्करबाट डडेलधुरा आलिताल गाउँपालिका-६ घर भई बागमती प्रदेश प्रहरी गण हेटौंडामा कार्यरत २५ वर्षीय प्रहरी जवान विनोद ऐडीको मृत्यु भएको हो।

पीटी दौडिँदै गर्दा मोटरसाइकलको ठक्करबाट घाइते भएका ऐडीको हेटौंडा अस्पतालमा मृत्यु भएको थियो।

मोटरसाइकलको ठक्करबाट प्रहरी गणमा कार्यरत प्रहरी जवान नवराज सार्की र अर्का प्रहरी जवान विजय खत्री घाइते भएका छन्।

मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालक हेटौंडा उपमहानगरपालिका –४ हुप्राचौर बस्ने ४१ वर्षीय लक्ष्मण लामा घाइते भएका छन्।

पुष १८, २०८० बुधबार ११:३०:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।