आजको मौसम : तराईमा हुस्सु र कुहिरो, उच्च पहाड र हिमालमा हिमपात

आजको मौसम : तराईमा हुस्सु र कुहिरो, उच्च पहाड र हिमालमा हिमपात

काठमाडौं : कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरै भागमा अहिले हुस्सु र कुहिरो लागेको छ।

आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भागको मौसम सामान्यतया सफा रहनेछ। 

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। 

राति पनि कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगको केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

पुष १८, २०८० बुधबार ०७:१६:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।