प्रधानमन्त्रीले प्रशासकीय भवन उद्घाटन गर्ने भन्दै सार्वजनिक विदा

काठमाडौं : रामेछापको सुनापति गाउँपालिकाले प्रधानमन्त्रीले प्रशासकीय भवन उद्घाटन गर्ने भन्दै सार्वजनिक विदा दिने निर्णय गरेको छ।
आगामी बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रकाशकीय भवन उद्घाटन गर्न त्यहाँ जाने भएपछि गाउँपालिकाले सार्वजनिक विदा दिएको जनाएको छ।
आज गाउँपालिकाले जारी गरेको सूचनामा भनिएको छ, ‘गाउँपालिका अन्तर्गत रहेका सरकारी कार्यालय, सार्वजनिक संघ संस्था, शिक्षण संस्था लगायत गाउँपालिका क्षेत्रभित्रका बैंक, वित्तीय संस्थाहरूमा स्थानीय सार्वजनिक विदा दिने निर्णय भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।’
गाउँपालिकाले प्रकाशन गरेको सूचना हेर्नुहोस् :
पुष १७, २०८० मंगलबार १७:२९:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।