आफ्नो चरित्र हत्या गर्ने समाचार लेखेको भन्दै रवि लामिछानेले हाले कान्तिपुरविरूद्व गाली बेइज्जती मुद्दा

आफ्नो चरित्र हत्या गर्ने समाचार लेखेको भन्दै रवि लामिछानेले हाले कान्तिपुरविरूद्व गाली बेइज्जती मुद्दा

काठमाडौं : आफ्नो चरित्र हत्या गर्ने समाचार सम्प्रेषण गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेसनविरुद्ध मुद्दा हालेका छन्।

आज सामाजिक संजालमार्फत लामिछानेले काठमाडौं जिल्ला अदालतमा पब्लिकेसनविरुद्ध मुद्दा दायर गरेको जनाएका छन्।

उनले कान्तिपुरले लेखेका समाचारमा आएका कुनै सहकारीको संचालक, सेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता केही पनि नभएको बताए।

‘मैले ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम गरेको छैन। मेरो नाम राखिए/देखिए लगायतका अन्य विषयमा समेत कानुनी परामर्शमा छु। म लोकतन्त्रको बलियो आधारमध्ये एक, प्रेस स्वतन्त्रताको पक्षमा जीवनभर लडिरहने छु,’ लामिछानेले सामाजिक संजालमा लेखेका छन्‚ ‘सहकारी पीडितहरुको पीडामा सदनमा भएकामध्ये सबैभन्दा दरिलो उभिन सकिन भने यो अनुहार लिएर भोट माग्न आउँदिन। यो मेरो वचन भो।’

उनले आफूलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गरेको र यसरी भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका विरुद्ध कानुनी उपचारमा गएको उल्लेख गरेका छन्।

पुष १७, २०८० मंगलबार १५:३२:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।