मोहन वैद्यको स्वास्थ्य सुधारजनक

मोहन वैद्यको स्वास्थ्य सुधारजनक

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य (किरण)को स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ।

दम बढेपछि उनलाई आइतबार त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो।

उपचारपछि उनको स्वास्थ्य अबस्थामामा सुधार हुँदै गएको पारिवारिक स्रोतले जनाएको छ। अझै केही दिन वैद्यलाई अस्पतालमै राखेर उपचार गर्नुपर्ने चिकित्सकले बताएका छन्।

७७ वर्षीय वैद्य विगत लामो समयदेखि दम रोगबाट पीडित छन्।

पुष १७, २०८० मंगलबार १५:०९:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।